December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

अर्जेन्टिना ब्राजिलसँग गोलरहित बराबरीमा रोकियो

विश्वकपका लागि दक्षिण अमेरिकी क्षेत्रको छनौट चरण अन्तर्गत नेपाली समय अनुसार बुधबार बिहान भएको खेलमा अर्जेन्टिना ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा भएको खेलमा लियोनल मेस्सीसहितको अर्जेन्टिनाले गोल गर्ने केही राम्रा मोका बनाए पनि सफल हुन भने सकेन । अर्जेन्टिनाले तीन तथा ब्राजिलले दुई पटक पोस्टमा प्रहार गरेका थिए ।

यो खेलमा जित निकालेको भए अर्जेन्टिनाले कतार विश्वकपका लागि स्थान बनाउने थियो । अब अरु खेलसम्म पर्खिनु पर्ने भएको छ । ब्राजिलले भने यसअघि नै विश्वकप यात्रा तय गरेको छ ।

Advertisement