December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

१०–० को जितसहित विश्वकपमा स्थान बनाउन सफल भयो इंग्ल्याण्ड

शानदार जितसहित इंग्ल्याण्डले विश्वकप फुटबलमा स्थान बनाएको छ । युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत सोमबार राति भएको खेलमा इंग्ल्याण्डले सान मारिनोलाई १०–० ले पराजित गरेको हो ।

Advertisement

इंग्ल्याण्डले सन् १९६४ पछि पहिलोपटक दोहोरो अंकमा गोल गरेको हो । समूह आई अन्तर्गत भएको खेलमा इंग्ल्याण्डका लागि ह्यारी केनले चार गोल गरे । उनले दुई गोल पेनाल्टी मार्फत गरेका हुन् ।

यस्तै ह्यारी मागुइरी, स्मिथ रोव, टाइरन मिङ्गस, ट्यामी अब्राहम र साकाले एक–एक गोल गरे । घरेलु टोली सान मारिनोका फाब्रीले आत्मघाती गोल गरे ।

जितपछि समूहको शीर्षस्थानको इंग्ल्याण्डको २६ अंक भयो । हंगेरीसँग २–१ ले पराजित भएको पोल्याण्ड २० अंकसहित दोस्रो स्थानमा छ ।

अरु खेलमा स्वीट्जरल्याण्डले बुल्गेरियालाई ४–०, स्कट्ल्याण्डले डेनमार्कलाई २–०, अस्ट्रियालो माल्डोभालाई ४–१, इजरायलले फारोइ आइल्याण्डलाई ३–२ तथा अल्बानियाले एन्डोरालाई १–० ले पराजित गर्दा इटाली र उत्तरी आयरल्याण्डले गोलरहित बराबरी खेलेका छन् ।