December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

डेनमार्कको सतप्रतिशत नतिजामा स्कटल्यान्ड तगारो

जोन सौटर तीन वर्षे अन्तर्राष्ट्रिय करिअरमा पहिलो गोल गरेको दिन स्कटल्यान्डले विश्वकप छनोट प्रतियोगितामा डेनमार्कलाई २–० ले पराजित गरेको छ । जितसँगै स्कटल्यान्डले प्लेअफमा स्थान बनाएको छ । डेनमार्क भने यसअघि नै अर्को वर्ष कतारमा हुने विश्वकपमा छनोट भइसकेको छ ।

Advertisement

समूह ‘एफ’मा डेनमार्कले यसअघि खेलेको सबै ९ खेल जितेको थियो । तर, समूहको अन्तिम खेलमा स्कटल्यान्डसँग पराजित भएपछि सतप्रतिशत नतिजा निकाल्दै कतार पुग्ने डनमार्कको लक्ष्य पूरा भएन । 

घरेलु टोली स्कटल्यान्डले ३५औं मिनेटमा सौटरको गोलबाट अग्रता लिएको थियो । खेल सकिन चार मिनेट बाँकी हुँदा चे एडम्सले अर्को गोल थपेपछि स्टकल्यान्डले तीन अंक पक्का गरेको हो । 

यो समूहको तेस्रो स्थानमा रहेको इजरायलले गएराति फारोइ आइसल्यान्डलाई ३–२ ले हरायो । त्यस्तै चौथो स्थानमा रहेको अष्ट्रियाले मोल्डोभालाइ ४–१ ले हरायो ।