March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

रोनाल्डोले जोगाए युनाइटेडलाई

क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई च्याम्पियन्स लिगमा एटलान्टासँग हारबाट जोगाएका छन् । मंगलबार एटलान्टासँग २–२ को बराबरी खेल्दै युनाइटेड समूह एफको शीर्ष स्थानमा रहन सफल भएको हो ।

Advertisement

खेलमा जोसिप इलिसिचले गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै रोनाल्डोले खेल बराबरी गरेका थिए । दोस्रो हाफको सुरुवातमा नै डुभान जापाटाले इटालिन टोलीलाई पुनः अग्रता दिलाए । हारतर्फ अघि बढिरहेको युनाइटेडका लागि इन्जुरी समयमा दोस्रो गोल गर्दै रोनाल्डोले खेल पुनः बराबरी गरे ।

Advertisement

योसँगै सन् २००३ मा रुड भान निस्टरलोयपछि युनाइटेडका लागि च्याम्पिन्यस लिगमा लगातार चार खेलमा गोल गर्ने रोनाल्डो पहिलो खेलाडी बनेका छन् । पछिल्ला चार खेलमा रोननाल्डोले पाँच गोल गरेका छन् । जसमध्ये दुईवटा विजयी गोल र एउटा बराबरी गोल रहेका छन् । युनाइटेडका लागि उनको यो १२७ औँ गोल पनि थियो ।

समूहकै अर्को खेलमा भिल्लेरियाले यङ ब्वाइजलाई २–० ले पराजित गर्‍यो । समूह एफमा भिल्लेरियाल र युनाइटेडको समान ७ अङ्क रहे पनि हेड टु हेडका आधारमा युनाइटेड अघि रहेको छ । एटलान्टा ५ अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने यङ ब्वाइजको ३ अङ्क रहेको छ ।