March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

कमजोर ब्याटिङपछि भारतको लगातार दोस्रो हार

आईसिसी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो हार ब्यहोरेको छ। समूहको आफ्नो दोस्रो खेलमा भारतले आइतबार साँझ न्युजिल्यान्डसँग ८ विकेटको हार ब्यहोरो। यसअघि पहिलो खेलमा भारतले पाकिस्तानसँग १० विकेटले पराजय व्यहोरेको थियो।

Advertisement

भारतले प्रस्तुत गरेको एक सय ११ रनको लक्ष्य न्युजिल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरो। न्युजिल्यान्डका ड्यारिल मिचेलले सर्वाधिक ४९ रन जोडे। मार्टिन गुप्टिलले २० रन बनाए।

Advertisement

कप्तान केन विलियमसन ३३ रनमा अविजित रहे। त्यसअघि पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १० रनमात्र जोड्न सक्यो।

भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक २६ रन बनाए। हार्दिक पान्ड्याले २३, केएल राहुलले १८, रोहित शर्मा १४ र रिसभ पन्तले १२ रन बनाए। कप्तान विराट कोहलीले ९ रनमात्र जोड्न सके भने ओपनर इसान किसन पनि ४ रनमै आउट भए।
न्युजिल्यान्डका ट्रेन्ट बोल्टले ३, इस सोधीले २ तथा एडम मिल्ने र टिम साउथीले समान एक विकेट । बोल्टले चार ओभरमा केवल २० रनमात्र खर्चिए। दुवै टोलीको यो दोस्रो खेल थियो। पहिलो खेलमा दुवै टोली पाकिस्तानसँग पराजित भएका थिए।