December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

इंग्ल्याण्डको अस्ट्रेलियामाथि शानदार जित

ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत शनिबार बेलुका भएको खेलमा इंग्ल्याण्ड विजयी भएको छ । इंग्ल्याण्डले अस्ट्रेलियामाथि ८ विकेटको शानदार जित दर्ता गरेको हो ।

Advertisement

१२६ रनको लक्ष्य इंग्ल्याण्डले मात्रै ११ ओभर चार बलमा दुई विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि जोस बट्लरले नटआउट ७१ रनको योगदान दिए ।

पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२५ रन बनाएको थियो ।

उसका लागि आरोन फिन्चले ४४ रन बनाउनु बाहेक अरुले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । इंग्ल्याण्डका क्रिस जोर्डनले तीन विकेट लिए ।