December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

बार्यन म्युनिख बुण्डेसलिगाको शीर्ष स्थानमा

जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले शानदार जित दर्ता गरेको छ । बार्यनले एफसी युनियन बर्लिनलाई ५–२ ले पराजित गरेको हो ।

Advertisement

अवे मैदानमा भएको खेलमा बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले १५ (पेनाल्टी) र २३ औँ मिनेटमा गोल गरे । यस्तै २४ औँ मिनेटमा लिरोय साने, ६० औँ मिनेटमा कोम्यान र ७९ औँ मिनेटमा थोसम मुलरले गोल गरे ।

एफसी युनियन बर्लिनका लागि ४३ औँ मिनेटमा जिएबेल्मान र ६५ औँ मिनेटमा रियर्सनले गोल गरेका हुन् ।

जितपछि बार्यन १० खेलबाट २५ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति नै भएको खेलमा बोरुसिया डर्टमुण्डले कोल्नलाई २–० ले पराजित गरेको छ । उ २४ अंकसहित दोस्रो स्थानमा छ ।