December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

लिग वानमा मेस्सीको गोलको खडेरी

बार्सिलोनाका पूर्व कप्तान लियोनेल मेस्सीको लिग वानमा गोलको खडेरी जारी रहेको छ । शुक्रबार लिलमाथि २–१ को जीत हासिल गर्ने क्रममा मेस्सीले पहिलो हाफमात्र खेल्न सकेन । उनको मांशपेशीको समस्याका कारण उनलाई सब्सिटिच्युट गरिएको थियो । यसको अर्थ लिग वानका पाँच खेलमा उनले एक पनि गोल गर्न सकेका छैनन् ।

लिलविरुद्ध पीएजसी पहिलो हाफमा एक गोलले पछि परेको थियो । जोनाथन डेभिडले लिललाई खेलको ३१ औँ मिनेटमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अन्त्यतिर मार्किन्होस र एन्खेल डि मारियाले गोल गर्दै टोलीलाई पुनरागमन गराए ।

उता, मेस्सीले यो सिजन लिगमा गोलको खाता खोलन बाँकी रहेको छ । तर, च्याम्पियन्स लिगमा भने उनी उत्कृष्ट फर्ममा रहेका छन् । पीएसजीका लागि उनले तीन खेलमा तीन गोल गरेका छन् । मेस्सीको गोलको खडेरीका बावजुद पीएसजी ३१ अंकसहित लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको छ ।

Advertisement