April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

४३ वर्षपछि बार्यन म्युनिखको फराकिलो हार

बार्यन म्युनिखले सन् १९७८ यताकै फराकिलो हार बेहोरेको छ । जर्मन कपको दोस्रो चरण अन्तर्गत बुधबार राति भएको खेलमा बोरुसिया मोन्चेङग्लाडवाचले बार्यन म्युनिखलाई ५–० ले पराजित गरेको हो ।

पहिलो हाफमा तीन गोल गरेको बोरुसियाले दोस्रो हाफमा थप दुई गोल गरेको हो । ८५ खेलमा लगातार गोल गर्दै आएको बार्यनको सो क्रम पनि टुटेको छ ।

४३ वर्ष पहिले बार्यन म्युनिख बुण्डेस लिगामा फोर्तुना डुसेल्डोर्फसँग ७–१ ले पराजित भएको थियो । ४३ वर्षपछि बार्यनले फराकिलो हार बेहोरेको हो ।

Advertisement