December 6, 2021, Monday
२० मंसिर २०७८, सोमबार

घरेलु मैदानमा हार्‍यो युभेन्टस

इन्जुरी समयमा खाएको गोलले युभेन्टस पराजित भएको छ । इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्टस सासुओलोसँग २–१ ले पराजित भएको हो ।

४४ औँ मिनेटमा फ्रातेसीको गोलबाट सासुओलोले सुरुवात अग्रता लिएको थियो । ७६ औँ मिनेटमा घरेलु टोली युभेन्टसका लागि म्याकेनीले बराबरी गोल गरे । तर इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा लोपेजले गरेको गोलबाट सासुओलो विजयी भयो ।

घरेलु मैदानमै पराजित भएको युभेन्टस १० खेलबाट १५ अंकसहित सातौँ स्थानमा छ । १४ अंकसहित सासुओलो नवौँ स्थानमा छ ।

Advertisement