April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

रियल मड्रिड गोलरहित बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड गोलरहित बराबरीमा रोकिएको छ ।

Advertisement

घरेलु मैदानमा भएको खेलमा रियल मड्रिड ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो । रियल मड्रिडले अंक दूरी कायम गर्न असफल भए पनि गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ ।

Advertisement

१० खेलबाट २१ अंकसहित रियल मड्रिड शीर्षस्थानमा छ । समान खेलबाट समान २१ अंक रहेको सेभिल्ला दोस्रो स्थानमा छ । बुधबार राति भएको खेलमा सेभिल्ला मालोर्कासँग १–१ को बराबरीमा रोकिएको छ ।

अर्को खेलमा रियल बेटिसले भ्यालेन्सियालाई ४–१ ले पराजित गरेको छ।