March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

चेल्सी लिग कपको क्वार्टरफाइनलमा

चेल्सीले इङ्लिस प्रिमियर लिगको प्रतिद्वन्द्वी साउथह्याम्पटनलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै लिग कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । 

Advertisement

निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुटआउटमा साउथह्याम्पटनका थियो वाटकट र विलिम्स स्मलबोनले गोल गर्न नसककेको अवस्थामा चेल्सीका रिसे जेम्सले निर्णायक गोल गरेका थिए । चेल्सीका मासन माउन्ट पनि पेनाल्टीमा गोल गर्न चुके । 

Advertisement

चेल्सीका मार्कोस एलोन्सो, कालुम हडसन–ओडोई, बेन चिलवेल र जेम्सले गोल गरे । साउथह्याम्पटनका एडम आर्मस्ट्रङ, शाने लङ र ओरियल रोमोउले गोल गरे । 

निर्धारित समयमा चेल्सीले ४४औं मिनेटमा काई हाभार्टजको गोलबाट अग्रता लिएको थियो । चेल्सीले प्रिमियर लिगमा नर्विच सिटीमाथि ७–० को विजय हासिल गर्दाको टिमका ६ खेलाडीलाई साउथह्याम्पटनविरुद्ध पनि खेलाएको थियो । हाभार्टजको जारी सिजनमा यो तेस्रो गोल हो । दोस्रो हाफको सुरुमै साउथह्याम्पटनका चे एडम्सले बराबरी गोल फर्काएका थिए । 

त्यसपछि पनि दुबै टोलीले गोलका केही राम्रा अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् । एसिएल चोटका कारण नौ महिना मैदानबाहिर रहेका स्मलबोन पुनरागमन आफूलाई अब्बल सावित गरे पनि पेनाल्टीमा चुकेका थिए । 

‘‘आजको खेल निकै प्रतिस्पर्धात्मक रह्यो,’’ चेल्सीका प्रशिक्षक थोमस टुचेलले भने, ‘‘आजको खेल बराबरीको थियो । नतिजा जसको पक्षमा पनि जान सक्थ्यो । पेनाल्टी सुटआउटमा पनि हामीले राम्रो गर्यौं । र नतिजाबाट हामी खुसी छौं ।’’

क्वार्टरफाइनलको ‘ड्र’ शनिबार सार्वजनिक हुनेछ ।