December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

म्यानचेस्टर सिटीको अवे मैदानमा प्रभावशाली जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४–१ ले पराजित गरेको हो । सिटीको जितमा १३ औँ मिनेटमा इल्काइ गुण्डोगान, २८ र ३१ औँ मिनेटमा फिल फोडिन र इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा रियाद महरेजले गोल गरे ।

ब्राइटनका लागि ८१ औँ मिनेटमा पाएको पेनाल्टीमा म्याक एलिस्टरले एक गोल फर्काएका हुन् । जितपछि दोस्रो स्थानको म्यानचेस्टर सिटीको ९ खेलबाट २० अंक भएको छ । ब्राइटन १५ अंकसहित चौथो स्थानमा छ ।

Advertisement