April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

लिभरपुलबाटै खेल जीवन अन्त्य गर्न चाहन्छु : सालह

मोहम्मद सालहले आफ्नो व्यवसायिक खेल जीवन लिभरपुलबाट अन्त्य गर्ने चाहना रहेको बताएका छन् ।

२९ वर्षका इजिप्टियन खेलाडी सालह सन् २०१७ मा इटालियन क्लब रोमाबाट प्रिमियर लिग क्लब लिभरपुल आएका हुन् । उनले २१४ खेलमा १३७ गोल गरेका छन् । उनले यो सिजन उनले १२ गोल गरिसकेका छन् ।

लिभरपुलसँग सालहको हालको सम्झौता यो सिजनको अन्त्यसँगै सकिँदै छ।

Advertisement