December 4, 2021, Saturday
१८ मंसिर २०७८, शनिबार

घरेलु मैदानमा आर्सनलको महत्वपूर्ण जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको हो ।

आर्सनलका लागि २३ औँ मिनेटमा थोमस पार्टी, पहिलो हाफको इन्जुरी समयको छैटौँ मिनेटमा पियर एमरिक तथा ५६ औँ मिनेटमा स्मिथ रोवले गोल गरेका हुन् ।

एस्टन भिल्लाका लागि ८२ औँ मिनेटमा ज्याकोब राम्सीले एक गोल फर्काए । जितपछि ९ खेलबाट १४ अंकसहित आर्सनल नवौँ स्थानमा छ । १० अंकसहित एस्टन भिल्ला १३ औँ स्थानमा छ ।

Advertisement