April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

मेस्सीले दुई गोल सहयोगमा पिएसजीको पुनरागमन जित

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई जिताउन लियोनल मेस्सीले दुई गोल गरेका छन् ।

Advertisement

घरेलु मैदानमा भएको खेलमा समूह ए को पिएसजीले आरबी लेइप्जिगलाई ३–२ ले पराजित गरेको हो ।

Advertisement

नवौँ मिनेटमा केलियन एमबाप्पेको गोलमा पिएसजीले सुरुवाति अग्रता लियो । तर आरबीका लागि २८ औँ मिनेटमा आन्द्रे सिल्भा र ५७ औँ मिनेटमा नार्डी मुकिएलले गोल गरे । पछि परेको पिएसजीका लागि मेस्सीले ६७ र ७४ औँ मिनेटमा गोल गरेका हुन् ।

उनले व्यक्तिगत दोस्रो गोल पेनाल्टी मार्फत गरे । इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा पाएको पेनाल्टीमा एमबाप्पेले गोल गर्न सकेनन् ।

जितपछि पिएसजी तीन खेलबाट सात अंकसहित समूहको शीर्ष स्थानमा छ । ६ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।