आइपिएल : साबिक विजेता मुम्बई प्ले–अफमा पुग्न सकेन


साबिक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्ले–अफमा पुग्न सकेन । शुक्रबार बेलुका भएको खेलमा सनराइजर्स हैदरावादलाई ४२ रनले पराजित गरे पनि प्ले–अफमा स्थान बनाउन नसकेको हो ।
मुम्बईले प्रस्तुत गरेको २३६ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेटको क्षतिमा १९३ रन मात्रै बनाउन सक्यो । उसका लागि मनिष पाण्डेयले नटआउट ६९ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले ९ विकेटको क्षतिमा २३५ रन बनायो । उसका लागि इशान किशनले ८४ तथा सूर्यकुमार यादवले ८२ रनको योगदान दिए ।
प्ले-अफमा स्थान बनाउनका लागि निकै फराकिलो जित चाहिएको थियो मुम्बईका लागि । ६५ रन भन्दा कममा हैदरावादलाई सीमित गरेको भए मुम्बई छनौट हुने थियो ।
शीर्ष चारमा रहँदै दिल्ली क्यापिटल्स, चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्सले प्ले अफमा स्थान बनाएका छन् ।
प्रतिकृया दिनुहोस्