April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

स्पेन पुग्यो नेशन्स लिगको फाइनलमा

इटालीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अपराजित यात्रा टुंगिएको छ । युरोपियन नेशन्स लिग फुटबलको सेमिफाइनल अन्तर्गत बुधबार राति भएको खेलमा स्पेनले इटालीलाई २–१ ले पराजित गरेको हो ।

Advertisement

१० खेलाडीमा सीमित भएको इटालीलाई पराजित गर्न स्पेनका लागि फेरान टोरेसले दुई गोल गरे । उनले १७ र पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका हुन् ।

Advertisement

४२ औँ मिनेटमा लियोनार्डो बानुकी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि इटाली १० खेलाडीमा सीमित भयो । इटालीका लागि ८३ औँ मिनेटमा लोरेन्जो पेलेग्रिनीले एक गोल फर्काए ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लगातार ३७ खेलमा अपराजित रहेको इटालीको सो यात्रामा स्पेन बाधक बन्यो । स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । उपाधिका लागि इटालीले आउँदो आइतबार बेल्जियम वा फ्रान्ससँग प्रतिस्पर्धा गर्ने छ ।