December 7, 2021, Tuesday
२१ मंसिर २०७८, मंगलवार

राजस्थानमाथि मुम्बईको शानदार जित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ ।

शारजहाँमा भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो । ९१ रनको सामान्य लक्ष्य मुम्बईले ८ ओभर दुई बलमा मात्रै दुई विकेटको क्षतिमा भेट्टायो । उसका लागि इशान किशनले नटआउट ५० तथा रोहित शर्माले २२ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा ९० रन बनायो । एभिन लुइसले २४ तथा डेविड मिलरले १५ रन बनाए । मुम्बईका नाथन कोल्टर–नाइलले चार तथा जिम्मी नीशमले तीन विकेट लिए ।

Advertisement