December 3, 2021, Friday
१७ मंसिर २०७८, शुक्रबार

इन्टर र युभेन्टसको संघर्षपूर्ण जीत

साबिक विजेता इन्टर मिलानले एक गोलले पछि परेको स्थिति उल्टाउँदै सासुलोमाथि २–१ को जीत हासिल गरेको छ । जीतसँगै इन्टर अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
 

डोमेनिको बेरार्डीले पहिलो हाफमा पेनाल्टीमार्फत सासुलोलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै एडिन जेकोले बराबरी गोल फर्काए । योसँगै इन्टरका लागि पहिलो सात खेलमा ६ गोल गर्ने रोनाल्डोपछि पहिलो खेलाडी बनेका छन् । ७८ औँ मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीबाट गोल गर्दै इन्टरको पुनरागमन पुरा गरे ।

उता, टुरिन डर्बीमा युभेन्टसले टोरिनोमाथि १–० को संघर्षपूर्ण जीत हासिल गरेको छ । मानुएल लोकाटेलीले ८६ औँ मिनेटमा गरेको एक मात्र गोल खेलमा निर्णायक बनेको थियो । ७ खेलबाट युेभन्टसको ११ अंकसहित तालिकामा आठौँ स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको नापोलीभन्दा ७ अंकले पछि रहेको छ । नापोलीले एक खेल कम खेलेको छ । 

Advertisement