March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

रोनाल्डोको गोल, युनाइटेडको पुनरागमन

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले खेलको इन्जुरी समयमा गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एक गोलले पछि परेको स्थिति उल्टाउँदै भिल्लेरियाललाई पराजित गरेको छ । च्याम्पियन्स लिगअन्तरगत समूह एफको बुधबार राति सम्पन्न खेलमा युनाइटेड २–१ गोलले विजयी बनेको हो ।

Advertisement

गत सिजनको युरोपा लिगका फाइनलमा पुगेका दुई टोलीबीचको भिडन्त बराबरीमा सकिने देखिएको थियो । तर, खेलको ९५ औँ मिनेटमा जेसे लिन्डगार्डको पासमा गोल गर्दै रोनाल्डोले युनाइटेडलाई तीन अङ्क दिलाउन सफल भए । रोनाल्डोले च्याम्पियन्स लिगमा कीर्तिमानी १ सय ७८ औँ खेल खेलिरहेका थिए ।

Advertisement

खेलमा पाको अल्कासारको गोलको मद्दतले भिल्लेरियालले अग्रता लिएको थियो । तर, एलेक्स टेलेसले २० यार्ड टाढाबाट भलीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । त्यसअघि युनाइटेडका गोलकिपर डेभिड डिगेयाले भिल्लेरियालका गोलका थुप्रै प्रयासलाई विफल बनाएका थिए ।

समूहकै अन्य खेलमा एटलान्टाले योङ ब्वाइजलाई १–० गोलले हरायो । समूहमा एटलान्टा ४ अंकसहित शीर्ष स्थानमा रहेको छ । योङ ब्वाइज र युनाइटेडको समान ३ अङ्क रहेको छ भने भिल्लेरियालको १ अङ्क रहेको छ ।