October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

लिभरपुलको लगातार दोस्रो जित

च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार राति अवे मैदानमा भएको खेलमा समूह बी मा रहेको लिभरपुलले एफसी पोर्टोलाई ५–१ ले पराजित गरेको हो ।

लिभरपुलको जितमा मोहम्मद सालहले १८ र ६० औँ मिनेटमा गोल गरे । यस्तै ४५ औँ मिनेटमा साडिओ मानेले गोल गरेका हुन् ।

सालहले जस्तै रोबर्टो फिरमिनोले पनि दुई गोल गरे । उनले ७७ र ८१ औँ मिनेटमा गोल गरेका हुन् । पोर्टोका लागि तारेमीले ७४ औँ मिनेटमा एक गोल गरे ।

समूह बी अन्तर्गत नै भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले एसी मिलानलाई २–१ ले पराजित गरेको छ । लिभरपुल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ भने चार अंकसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ ।