January 13, 2025, Monday
२०८१ माघ १

लिभरपुलको प्रभावशाली जित, मानेले गरे १०० औँ गोल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई ३–० ले पराजित गरेको हो ।

लिभरपुलका लागि ४३ औँ मिनेटमा साडिओ मानेले गोल गरे । उनले लिभरपुलका लागि सबै प्रतिस्पर्धामा गरेर १०० गोल गरेका छन् ।

Advertisement

यस्तै ७८ औँ मिनेटमा मोहम्मद सालह तथा ८९ औँ मिनेटमा केइताले गोल गरे । जितपछि पाँच खेलबाट १३ अंकसहित लिभरपुल शीर्ष स्थानमा पुगेको छ ।

शनिबार राति नै भएको खेलमा साउथह्याम्पटनसँग गोलरहित बराबरी खेलेको म्यानचेस्टर सिटी १० अंकसहित दोस्रो स्थानमा छ ।

राति भएका अरु खेलमा आर्सनलले बर्नलीलाई १–०, ब्रेन्टफोर्डले वुल्भ्सलाई २–०, वाट्फोर्डले नर्विचलाई ३–१ तथा एस्टन भिल्लाले एभर्टनलाई ३–० ले पराजित गरेका छन् ।