October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

बार्यन म्युनिख शीर्ष स्थानमा

जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्यनले भिएफएल बोचुम १८४८ लाई ७–० ले पराजित गरेको हो।

बार्यनका लागि किमिचले दुई तथा लिरोय साने, ग्नाब्री, लेवान्डोस्की र चोउपो–मोटिङले एक–एक गोल गरे। भिएफएलका लाम्प्रोपोउलोसले आत्मघाती गोल गरे। जितपछि बार्यन पाँच खेलबाट १३ अंकसहित शीर्षस्थानमा पुगेको छ।