March 18, 2025, Tuesday
२०८१ चैत्र ५

विराटले टी–ट्वान्टीको कप्तानी छाड्ने

 भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टी–ट्वान्टी टिमको कप्तानी छाड्ने घोषणा गरेका छन् । विराटले टी–ट्वान्टी विश्वकपपछि आफू राष्ट्रिय टोलीको लागि टी–ट्वान्टी क्रिकेटमा कप्तानी नगर्ने बताएका छन् । 

कोहलीले बिहीबार सामाजिक संजालबाट टी–ट्वान्टी टिमको कप्तानी पद छाडेको बताएका हुन् ।

Advertisement

कोहलीले युएई र ओमानमा आयोजना हुने टी–ट्वान्टी विश्वकपपछि आफूले कप्तानी नगर्ने बताएका छन् । 

कोहलीले अब एकदिवसीय र टेस्ट टिमको मात्र कप्तानी गर्ने छन् । टी–ट्वान्टीको कप्तानी भने रोहित शर्माले गर्नेछन् ।