March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

लिथुआनियाविरुद्ध इटलीको फराकिलो जीत

विश्वकप छनोटअन्तर्गत इटलीले लिथुआनियाविरुद्ध ५–० को जित निकालेको छ । यसअघि स्विचरल्यान्डविरुद्ध गोलरहित बराबरी खेलेको इटली बुधबार भने निकै बलियो रुपमा प्रस्तुत भयो । 

Advertisement

इटलीबाट मोसी केनले दुई तथा इडगारस उट्कस, गियाकोमो रास्पाडोरी र डि लोरेन्जोले एक–एक गोल गरे । यससँगै युरोकप विजेता इटली पछिल्ला ३७ खेलमा अपराजित रह्यो । विश्व फुटबलमा यति लामो अवधि अराजित रहने इटली पहिलो टोली हो । 

Advertisement

यसअघि १९९० को दशकमा ब्राजिल र २००० को दशकमा स्पेनले समान ३५–३५ खेलसम्म अपराजित रहने किर्तिमान बनाएका थिए । 

त्यसैगरी विश्वकप छनोटअन्तर्गत नै स्पेनले कोसोभोलाई २–० ले हराएको छ । स्पेनबाट पाब्लो फर्नाल्स र फरान टोरेसले एक–एक गोल गरे ।