October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

फ्रान्सको प्रभावशाली जित

विश्वकप छनौट अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २–० ले पराजित गरेको हो । फ्रान्सको जितमा दुवै गोल एन्टोनी ग्रिजम्यानले गरेका हुन् ।

उनले २५ र ५३ औँ मिनेटमा गोल गरेर फ्रान्सलाई जित दिलाए । फ्रान्स यसअघिका दुई खेलमा बराबरीमा रोकिएको थियो ।

यो खेल जित्नुअघि फ्रान्सले बोजनिया–हर्जगोविना र युक्रेनसँग बराबरी खेलेको हो । ६ खेलबाट १२ अंकसहित समूहको शीर्ष स्थानमा छ । उ दोस्रो स्थानको युक्रेन भन्दा सात अंकले अघि रहेको छ ।

मंगलबार राति नै भएको खेलमा बोजनिया–हर्जगोविना र काजखस्तानले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । अरु खेलमा डेनमार्कले इजरायललाई ५–०, फारोइ आइल्याण्डले माल्डोभालाई २–१ तथा नर्वेले जिब्रालटारलाई ५–१ पराजित गरेका छन् ।