February 16, 2025, Sunday
२०८१ फाल्गुन ४

५० वर्षपछि भारतले रच्यो इतिहास, बुमराहको कीर्तिमान

इंग्ल्याण्डबीच केनिङटन ओभलमा भएको चौथो टेस्ट भारतले १ सय ५७ रनको जीत हासिल गरेको छ । खेलमा भारतले इंग्ल्याण्डलाई जीतका लागि ३६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, इंग्ल्याण्डको टोली मात्र २ सय १० मा समेटियो ।

जीतसँगै भारतले शृङ्खलामा २–१ को अग्रता बनाएको छ । ५० वर्षपछि भारतीय टोलीले ओभल मैदानमा कुनै टेस्ट जितेको हो । इंग्ल्याण्डलाई सस्तोमा समेट्न उमेश यादवले ३ तथा जसप्रीत बुमराह, शार्दूल ठाकुर र रवीन्द्र जडेजाले २–२ विकेट लिए ।

Advertisement

कुनै समय इंग्ल्याण्ड मजबुत स्थितिमा रहेको थियो । खेल बराबरी गर्न इंग्ल्याण्ड सफल हुन्छ कि भन्ने देखिएको थियो । तर, मध्यक्रमका ब्याट्सम्यानले निराश प्रदर्शन गरे । इंग्ल्याण्डले ५२ रनमा एकपछि अर्को गर्दै ६ विकेट गुमायो ।

खेलमा जसप्रीत बुमराह भारतका लागि सबैभन्दा चाँडो १०० विकेट लिने खेलाडी बनेका छन् । उनले मात्र २४ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । यसअघि, कपिल देवले २५ खेलमा १ सय विकेट लिने रेकर्ड बनाएका थिए ।

भारतले पहिलो पारीमा १ सय ९१ भने इंग्ल्याण्डले पहिलो पारीमा २ सय ९० रन बनाएको थियो । जवाफमा भारतले दोस्रो इनिङमा ४ सय ६६ रनको विशाल योगफल खडा गर्न सफल भएको थियो । म्यान अफ द म्यान घोषित रोहित शर्माले १२७ रन बनाउँदै टोलीलाई मजबुत स्थितिमा पुर्याएका थिए । योसँगै उनी इंग्ल्याण्डमा भारतका लागि सर्वाधिक शतक बनाउने खेलाडी बने । उनले इंग्ल्याण्डमा ९ वटा शतक बनाइसकेका छन् ।