November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

डेनमार्कको विश्वकप छनौटमा लगातार जित

विश्वकप फुटबलको युरोपियन छनौट अन्तर्गत बुधबार राति भएको खेलमा डेनमार्क विजयी भएको छ । डेनमार्कले स्कटल्याण्डलाई २–० ले पराजित गरेको हो ।

Advertisement

डेनमार्कका लागि वासले १४ औँ र माहेलेले १५ औँ मिनेटमा गोल गरेका हुन् । डेनमार्क चार खेलबाट १२ अंकसहित समूह एफ को शीर्ष स्थानमा छ ।

Advertisement

बुधबार राति नै भएको खेलमा फारोइ आइल्याण्डलाई ४–० ले पराजित गरेको इजरायल सात अंकसहित दोस्रो स्थानमा छ ।

विश्वकप छनौट अन्तर्गत बुधबार राति भएका अरु खेलमा फ्रान्स र बोजनिया हर्जगोविना तथा नर्वे र नेदरल्याण्ड्सले १–१ को बराबरी खेलेका छन् ।

काजखस्तान र युक्रेन तथा टर्की र मोन्टेनेग्रोले समान २–२ तथा रुस र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् ।

यस्तै माल्टाले साइप्रसलाई ३–०, लात्भियाले जिब्रालटारलाई ३–१, अस्ट्रियाले माल्डोभालाई २–० ले पराजित गरेको छ ।

यस्तै रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले रिपब्लिक अफ आयरल्याण्डलाई २–१ ले पराजित गरेको छ ।