केनको गोलमा स्पर्स विजयी

- पब्लिक कुरा
- २०७८ भाद्र ११
- 9.2K Shares

ह्यारी केनको दुई गोलको मद्दतले पाकोस डे फेरेरालाई हराउँदै टोटनहम हटस्पर्स युरोपा कन्फरेन्स लिगको समूह चरणमा छनोट भएको छ । पहिलो लेगमा ब्यहोरेको १–० को हार उल्टाउँदै दोस्रो लेगमा स्पर्सले ३–० को जीत हासिल गर्यो । समग्रमा ३–१ ले विजयी बन्दै स्पर्सले प्रतियोगितामा स्थान बनाउन सफल भएको हो ।
गत मे २३ पछि पहिलोपटक स्पर्सका लागि खेलको शुरुवात गरिरहेका केनले खेलको नवौँ मिनेटमा नै टोलीलाई अग्रता दिलाएका थिए । ३४ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए । दोस्रो हाफमा पाकोस डे फेरेराले आत्मघाती गोल गरेपछि स्पर्सको जीत सुनिश्चित बनेको थियो ।
सिजनको शुरुवातमा केन क्लब छाडेर जाने चर्चा चलेपनि अब उनी स्पर्समा रहने भएका छन् । स्पर्सका म्यानेजर नुनो एस्पीरितो सान्तोले केन क्लबप्रति प्रतिबद्ध रहेको र अब सबैले पुरानो कुरालाई बिर्सेर अघि बढ्नुपर्ने बताएका छन् ।
- अन्तर्मनको आवाज
- फेरि सीडीओ हुनु परेन
- आमाको दैनिकी
- जबजले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायोः ओली
- ओमसतियामा तेस्रो संस्करणको अध्यक्ष कप क्रिकेट सुरु
- लुम्बिनीको मन्त्रिपरिषद् बैठकबाट आगामी वर्षको नीति तथा कार्यक्रम स्वीकृत
- भैरहवामा आइतबारदेखि माननीय कप क्रिकेट हुँदै, २० टिमले स्पर्धा गर्ने
- बुटवलका चर्चित व्यवसायी खरेल, जो परे राजस्वको फन्दामा
- हाम्रा हिमालले जलवायु परिवर्तनका कारण असाधारण तनाव भोगिरहेका छन्ः परराष्ट्रमन्त्री
- कपिलवस्तुमा कारको ठक्करबाट दुईजनाको मृत्यु
प्रतिकृया दिनुहोस्