May 12, 2025, Monday
२०८२ बैशाख २९

आर्सनलको शानदार जित

लिग कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा आर्सनलले वेष्ट ब्रोमलाई ६–० ले पराजित गरेको हो ।

Advertisement

आर्सनलका लागि पिएर एमरिकले ह्याट्रिक गरे । यस्तै पेपे, साका र लाकाजेटीले एक–एक गोल गरेका हुन् ।

अरु खेलमा साउथह्याम्पटनले न्यूपोर्टलाई ८–० तथा बर्नलीले न्यूक्यासलाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको छ ।