एभर्टनको लिग कपमा जित

- पब्लिक कुरा
- ९ भाद्र २०७८
- 2.7K Shares

लिग कप फुटबल (इएफएल) अन्तर्गत मंगलबार राति भएको खेलमा एभर्टन विजयी भएको छ । अवे मैदानमा भएको खेलमा १० खेलाडीमा सीमित एभर्टनले हडर्सफिल्ड टाउनलाई २–१ ले पराजित गरेको हो ।
२६ औँ मिनेटमा इवोबीको गोलबाट एभर्टनले सुरुवाति अग्रता लियो । ४५ औँ मिनेटमा लीसले हडर्सफिल्डका लागि बराबरी गोल फर्काए । ५९ औँ मिनेटमा केन सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एभर्टन १० खेलाडीमा सीमित भयो । ७९ औँ मिनेटमा टाउनसेण्डले एभर्टनका लागि विजयी गोल गरेका हुन् ।
मंगलबार राति नै भएका अरु खेलमा नर्विचले बोर्नमाउथलाई ६–०, स्वान्सीले प्लाइमाउथलाई ४–१, एस्टन भिल्लाले बारोलाई ६–०, सन्डरल्याण्डले ब्ल्याकपुललाई ३–२, लीड्सले क्रिवेलाई ३–०, प्रेस्टनले मोरक्याम्बीलाई ४–२, शेफिल्ड युनाइटेडले डर्बीलाई २–१ तथा स्टोकले डनकास्टरलाई २–० ले पराजित गरेका छन् ।


- मुख्यमन्त्रीलाई राउटे प्रतिनिधिले भने- हाम्रो जनतालाई दशैँ खर्च दिनुस्
- गोलिगढ क्षेत्रमा छाडा कुकुरको आतंक
- किन दुख्छ ढाड ? कारण, लक्षण र उपचार
- लुम्बिनी होटल संघको अध्यक्षमा पुनः ज्ञवाली
- कांग्रेस–माओवादी ‘इगो’ले लुम्बिनी सरकार बिस्तारमा ढिलाई
- हृदयघातको प्राथमिक उपचार के हो, यसबारे सरकार कति गम्भीर छ ?
- प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट
- नेपालले एसियाली सहकार्य संवादलाई प्राथमिकता राखेको छ: मन्त्री साउद
- युरोपमा ९८ प्रतिशतले वार्षिक चार लाखको ज्यान लिने हावामा सास फेर्छन्
- बर्लिनमाथि म्याड्रिडको जित, डच क्लबमाथि आर्सनलको ४ गोल
-
साँवरियाको स्वादमा भैरहवाबासी
२८ भाद्र २०८० -
स्व.विन्दुकुमार चौहान स्मृति पत्रकारिता पुरस्कार यादवलाई
२९ भाद्र २०८०
प्रतिकृया दिनुहोस्