July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

रियल ६ गोलको थ्रिलरमा रोकियो

रियल म्याड्रिड १० खेलाडीमा सिमित लेभान्तेसँग बराबरी खेल्न बाध्य भएको छ । आइतबार भएको ला लिगाको खेल ३–३ को बराबरीमा सकिएको हो ।

Advertisement

करिम बेन्जेमाको पासमा गेराथ बेलले खेलको पाँचौ मिनेटमा नै रियललाई अग्रता दिलाएका थिए । सन् २०१९ पछि ला लिगामा उनको यो पहिलो गोल थियो । तर, दोस्रो हाफको शुरुवातमा नै रोजर मार्टीले लेभान्तेका लागि गोल फर्काए ।

Advertisement

त्यसपछि जोसे काम्पानाले लेभान्तेलाई अग्रता दिलाए पनि भिनिसियस जुनियरले रियललाई पुनः खेलमा फर्काए । रोबर पियरले फेरि लेभान्तेलाई एक गोलको अग्रता दिलाए तर भिनिसियसले पुनः खेल बराबरी गरे ।

खेलको अन्त्यतिर गोलकिपर एइटर फर्नान्डेजले रातोकार्ड पाएपछि लेभान्ते १० खेलाडीमा सिमित भएको थियो ।

उता, डिफेन्डिङ च्याम्पियन एथ्लेटिको म्याड्रिडले इल्चेलाई  हराउँदै लगातार दोस्रो जीतसहित लिगको शीर्ष स्थानमा उक्लिएको छ ।