October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

पिएसजीको शानदार जित

स्टार खेलाडीहरु लियोनल मेस्सी र नेइमार बिना पनि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरिरहेको छ ।

फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पिएसजीले लगातार तेस्रो जित दर्ता गरेको छ ।

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा पिएसजीले ब्रेस्टलाई ४–२ ले पराजित गरेको छ । सो खेलमा पिएसजीले हाल अनुबन्धित गरेका मेस्सी तथा अर्का स्टार खेलाडी नेइमार मैदानमा थिएनन् ।

पिएसजीका लागि २३ औँ मिनेटमा हरेरा, ३६ औँ मिनेटमा केलियन एमबाप्पे, ७३ औँ मिनेटमा गुआई र ९० औँ मिनेटमा एन्जल डी मारियाले गोल गरेका हुन् ।

ब्रेस्टका लागि ४२ औँ मिनेटमा होनोरात र ८५ औँ मिनेटमा मोउनीले गोल गरे ।

यो महिना बार्सिलोना छोडेर पिएसजीमा अनुबन्धित भएका मेस्सीले अझै पिएसजीबाट खेल्न बाँकी छ । कोपा अमेरिकापछि बिदामा गएका मेस्सी र नेइमारले सिजनअघिको प्रशिक्षण ढिला सुरु गरेका थिए ।