January 25, 2025, Saturday
२०८१ माघ १३

अझै इङ्ग्ल्याण्ड २४५ रनले पछि

भारत र इङ्ग्ल्याण्डबीच ५ खेलको टेस्ट शृङ्खलाको दोस्रो खेल लर्डस मैदानमा जारी रहेको छ । पहिलो ब्याटिङ गरेको भारतले अलआउट हुँदै ३६४ रन बनाएको छ । जवाफमा दोस्रो दिनको खेल समाप्त हुँदासम्म इङ्ग्ल्याण्डले ३ विकेटको क्षतिमा ११९ रन बनाएको छ ।

हाल कप्तान जो रुट ४८ तथा जोनी बेयरस्टो ६ रन बनाएर खेलिरहेका छन् । रुट टेस्ट क्रिकेटमा इङ्ग्ल्याण्डका लागि सबैभन्दा धेरै रन बनाउने सूचीको दोस्रो स्थानमा उक्लिएका छन् । ग्राहम गुचको ८ हजार ९०० रनको कीर्तिमानलाई रुटले भंग गरेका हुन् । यस सूचीमा एलेस्टर कुक शीर्ष स्थानमा रहेका छन् । उनले १२ हजार ४७२ रन बनाएका छन् ।

Advertisement

मोहम्मद सिराजले १५ औँ ओभरमा लगातार २ बलमा दुई विकेट लिएका थिए । उनले डम सिबली र हसीब हमीदलाई आउट गर्न सफल भएका थिए । इङ्ग्ल्याण्डका लागि रोरी बन्र्स अर्धशतक बनाउनबाट चुके । उनलाई ४९ रनमा मोहम्मद शमीले आउट गरे । बर्न्स र रुटले तेस्रो विकेटका लागि ८५ रन जोडेका थिए ।

यसअघि दोस्रो दिनको खेलमा ३ विकेटको क्षतिमा २७६ रनको स्थितिबाट खेल्न सुरु गरेको भारतले आफ्ना पछिल्ला ७ विकेट मात्र ८८ रनमा गुमायो । लोकेश राहुलले सर्वाधिक १२९ बनाए भने जेम्स एन्डरसनले ५ विकेट लिए ।