March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

युरो कप : स्पेनलाई हराउँदै इटाली फाइनलमा

स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै इटाली युरो कप २०२० को फाइनल पुगेको छ। बुधबार राती भएको खेलमा इटाली टाइब्रेकरमा ४-२ गोलले विजयी भयो। टाइब्रेकरमा स्पेनका डानी ओल्मो र  अल्भारो मोराटाको प्रहार गोल हुन सकेन।  दुवै टोलीको पहिलो प्रहार विफल भएको थियो। इटालीका मानुयल लोकातेलीको प्रहार स्पेनका गोलरक्षकले रोके भने स्पेनका ओल्मोको प्रहार फ्रेममा पर्न सकेन।

Advertisement

स्पेनको चौथो प्रहार गर्न पुगेका अल्भारो मोराटाले पनि गोल गर्न सकेनन्। त्यसपछि इटालीको पाचौँ प्रहार गरेका जर्गिन्होले गोल गरेपछि स्पेन सेमिफाइनलबाटै बाहिरिएको हो। इटाली मुख्य प्रतियोगितामा अन्तिमपटक सन् २००६ को विश्वकपमा फाइनल पुगेको थियो। यो जितसँगै अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ खेल पुगेको छ। उसले तीन वर्षयता हार ब्यहोरेको छैन।

Advertisement

यसअघि निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो। ६० औँ मिनेटमा इटालीका स्ट्राइकर चिएसाले डी बक्सबाहिरबाट सेकेण्ड बार च्यापेर गोल गरेका थिए।

स्पेनका अल्भारो मोराटाले ८० औँ मिनेटमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए। मैदानको करिब मध्य भागबाट आफै बल अगाडि बढाउँदै मोराटाले डीबक्स नजिकै ड्यानी ओल्मोलाई पास दिएर त्यसपछि आफुले पास लिँदै गोल गरेका थिए।

इटालीले इङ्ल्यान्ड र डेनमार्कबीच हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ।

जित्न लायक पेनाल्टी

स्पेनलाई टाइब्रेकरमा पराजित गरेर युरोकप फुटबलको फाइनल यात्रा तय गर्नुमा इटालीका लागि जोर्जिन्हो निर्णायक बने । निर्धारित तथा थप गरिएको समयको खेलमा १–१ को बराबरी भएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो ।

जोर्जिन्हो पाँचौँ पेनाल्टी प्रहारका लागि आएका थिए । उनले पेनाल्टीमा गोल गर्न सेक इटाली युरोकपको फाइनलमा, नसके नतिजा स्पेनलाई अवसर । जोर्जिन्होले आफ्नो स्थिरता कायम गरे र पेनाल्टीमा गोल गर्न सके, इटाली फाइनलमा पुग्यो ।

चेल्सीका खेलाडीले क्लब प्रतिस्पर्धामा पेनाल्टीमा गोल गरेको वा त्यसबाट नतिजा बदलको देखिएको थियो । तर मंगलबार राति स्पेनसँगको सेमिफाइनलमा उनले प्रहार गरेको पेनाल्टीको दबाब निकै भारी थियो । उनले सो पेनाल्टीमा गोल गर्न नसकेको भए ‘इडिएट’ जस्तै देखिने थिए ।

वेम्बलीमा उनले गोल गरे र स्पेनलाई घर पठाए । आफ्नो टिमका लागि महत्वपूर्ण पेनाल्टी प्रहार गरेको जोर्जिन्होलाई कप्तान लोरेन्जो इनसिग्नेले बालोन डी’ओरका लागि मनोनित गरिनु पर्ने बताएको फुटबल पण्डितहरुले उल्लेख गरेका छन् ।

इनसिग्नेले जोर्जिन्होलाई बोलोन डी’ओर दिइनु पर्ने बताएको खबर फुटबल इटालियाले प्रकाशित गरेको हो ।

त्यसबारे चर्चा भएको इनसिग्नेले पुष्टि गरेका छन् । इटालीको टिममा राम्रा खेलाडी रहेको र चेल्सीमा पनि राम्रो गरिरहेका जोर्जिन्होबारे कुरा भएको उनले उल्लेख गरेका हुन् । इनसिग्नेले जोर्जिन्होलाई बालोन डी’ओरका लागि मनोनित गर्ने बताएका हुन्।