October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

ब्राजिल कोपा अमेरिकाको फाइनलमा

आयोजक ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

नेपाली समय अनुसार मंगलबार बिहान भएको सेमिफाइनलमा पेरुलाई १–० ले पराजित गर्दै ब्राजिलले फाइनलमा स्थान पक्का गरेको हो ।

ब्राजिलको जितमा ३५ औँ मिनेटमा लुकास पाक्वेताले गरेको गोल नै निर्णायक बन्यो । नेइमारको सुन्दर पासमा लुकासले गोल गरेका हुन् ।

ब्राजिलले त्यसपछि पनि गोल गर्ने केही राम्रा प्रयास गरेको थियो तर सफल भएन । पेरुले पनि केही मौका खेर फालेको हो । चिलेलाई पराजित गरेर सेमिफाइनलमा आएको ब्राजिलले पाराग्वेलाई पाखा लगाएको पेरुलाई पराजित गरेको हो ।

उपाधिका लागि ब्राजिलले अर्जेन्टिना वा कोलम्बियासँग प्रतिस्पर्धा गर्ने छ । अर्जेन्टिना र कोलम्बियाबिचको सेमिफाइनल खेल नेपाली समय अनुसार बुधबार बिहान पौने सात बजे सुरु हुनेछ ।