November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

कोपा अमेरिकाः उरुग्वे स्तब्ध, टाइब्रेकर हुँदै सेमिफाइनल पुग्यो कोलम्बिया

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

Advertisement

समूह चरणमा अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेको कोलम्बियाले नेपाली समय अनुसार आइतबार बिहान भएको क्वाटर फाइनलमा उरुग्वेलाई टाइब्रेकरमा पराजित गरेर अन्तिम चारमा स्थान बनाएको हो ।

Advertisement

निर्धारित तथा थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा दोस्रो र चौथोपटक पेनाल्टी प्रहार गरेका उरुग्वेका खेलाडीको बल कोलम्बियाका गोलरक्षकले रोक्न सफल भए ।

कोलम्बियाका चार खेलाडीले लगातार गोल गरे । टाइब्रेकरमा ४–२ को नतिजा निकालेको कोलम्बियाले सेमिफाइनलमा अर्जेन्टिना वा इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छ ।

एडिन्सन काभानी, लुइस स्वारेजसहितका स्टार खेलाडी रहेको उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि शनिबार बिहान भएको खेलमा जित निकाल्दै ब्राजिलल र पेरुले पनि अन्तिम चारमा स्थान बनाएका थिए ।