January 13, 2025, Monday
२०८१ माघ १

बेल्जियमलाई हराएर इटाली युरो कपको सेमिफाइनलमा

विश्व नम्बर एक बेल्जियमलाई २-१ गोलले पराजित गर्दै इटाली युरो कपको सेमिफाइनल पुगेको छ।

शुक्रबार राति भएको खेलमा इटालीका लागि निकोलो बारेल्ला र लोरेन्जो इन्सिग्नीले गोल गरे। बारेल्लाले ३१ औँ मिनेटमा इटालीलाई अग्रता दिलाएका थिए। ४४ औँ मिनेटमा इन्सिग्नीले अग्रता दोब्बर बनाएका थिए। पहिलो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले पेनाल्टीमा गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने प्रयाश गरेका थिए। तर बेल्जियमले गोल थप्न सकेन।

इटालीले सेमिफाइनलसमा स्पेनसँग खेल्ने छ। इटालीले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो अपराजित यात्रा ३२ खेलमा पुर्‍याएको छ। तीन वर्षयता इटालीले हार ब्यहोरेको छैन। प्रतियोगितामा विश्व च्याम्पियन फ्रान्स र युरोपियन च्याम्पियन पोर्चुगल प्रिक्वाटरफाइनलबाटै बाहिरिएका थिए।