September 21, 2023, Thursday
४ आश्विन २०८०, बिहीबार

भारतलाई हराउँदै न्युजिल्याण्ड विश्व च्याम्पियन

भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो वर्ल्ड टेस्ट​च्याम्पियनसीपको उपाधि जित्न सफल भएको छ । टेस्टको छैटौँ दिनको शुरुवातमा बराबरीतर्फ अघि बढिरहेको खेलमा न्युजिल्याण्डले भारतलाई अलआउट गर्दै १३९ रनको लक्ष्य २ विकेटको क्षतिमा पछ्यायो ।

Advertisement

भारतले २ विकेटको क्षतिमा ६४ रन बनाएर ३२ रनको अग्रता लिएको अवस्थामा दिनको शुरुवात गरेको थियो । तर, कायल जेमिसनले  कप्तान विराट कोहली र चेतेश्वर पुजारालाई ४० रनको अग्रता लिनअघि नै आउट गरे ।

Advertisement

ऋषभ पन्तले ४१ रन बनाउँदै भारतलाई आशा दिलाए पनि उनी आउट भएपछि भारतीय पारी धर्मराएको थियो । भारतले अन्तिम चार विकेट मात्र १४ रनमा गुमायो ।

उता, न्युजिल्याण्डले ओपनरद्वय टम ल्याथम र डेभन कोनवेलाई सस्तो गुमाए पनि कप्तान केन विलियमसन र रोस टेलर पारी सम्हाल्दै टोलीलाई सहज जित दिलाए । विलियमसनले ५२ तथा टेलरले ४७ रन बनाए ।

फाइनलसम्म अंक तालिकामा न्युजिल्याण्डलाई उछिन्दै शीर्ष स्थानमा रहेको भारतले फाइनलमा भने हारको सामना गर्नुपर्यो ।