March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

युरोकपः स्कटल्याण्ड स्तब्ध, क्रोएसिया अघि बढ्यो, इंग्ल्याण्ड समूह विजेता

स्कटल्याण्डलाई स्तब्ध पार्दै क्रोएसिया युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।

Advertisement

समूह डी अन्तर्गत मंगलबार राति भएको खेलमा क्रोएसियाले स्कटल्याण्डमाथि ३–१ को जित दर्ता गरेको हो ।

Advertisement

यो खेलमा जित निकालेको भए स्कटल्याण्ड पहिलोपटक युरोकपको क्वाटरफाइनलमा पुग्ने वा पुग्ने सम्भावना जीवित हुने थियो । अहिलेसम्म स्कटल्याण्ड युरोकपको नकआउट चरण पुग्न सकेको छैन ।

क्रोएसियाका लागि १७ औँ मिनेटमा निकोला भ्लासिक, ६२ औँ मिनेटमा लुका मोड्रिक र ७७ औँ मिनेटमा इभान पेरिसिकले गोल गरेका हुन् । स्कटल्याण्डका लागि ४२ औँ मिनेटमा कालम म्याकग्रेगरले एक गोल फर्काए ।

जित निकालेको क्रोएसिया समूहको दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्न सफल भएको हो ।

मंगलबार राति नै भएको खेलमा जित निकाल्दै इंग्ल्याण्डले समूह विजेताका रुपमा अन्तिम १६ मा स्थान पक्का गरेको छ । इंग्ल्याण्डले चेक गणतन्त्रलाई १–० ले पराजित गरेको हो । उसको जितमा १२ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गले गरेको गोल नै निर्णायक बन्यो ।

पराजित भएको चेक गणतन्त्र क्रोएसिया समान चार अंक भए पनि तेस्रो स्थानमा रह्यो । उ तेस्रो स्थानमा रहने उत्कृष्ट टिमका रुपमा अन्तिम १६ पुग्ने सम्भावना भने जीवित छ । शीर्ष स्थानको इंग्ल्याण्डको सात अंक भयो ।