October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनौट

साफ च्याम्पियनसिप र एसियन कप फुटबलको अन्तिम चरणको छनौटका लागि राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ५० खेलाडी छनौट गरेका छन्।

उनले बन्द प्रशिक्षणका लागि ५० खेलाडी छनौट गरेको एन्फाले जनाएको छ। खेलाडीहरुको प्रशिक्षण आउँदो जुलाई १ देखि एन्फा कम्प्लेक्समा सुरु हुनेछ।

खेलाडीहरुलाई दुई समूहमा विभाजन गरेर दैनिक दुईपटक प्रशिक्षण हुनेछ।