October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

कोपा अमेरिकाः इक्वेडरलाई भेनेजुएलाले रोक्यो बराबरीमा

कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा भेनेजुएला र इक्वेडरले बराबरी गरेका छन् ।

अन्तिम समयको गोलको सहयोगका भेनेजुएलाले इक्वेडरलाई २–२ को बराबरीमा रोक्न सफल भएको हो । समूह बी अन्तर्गतको खेलमा इक्वेडरका लागि ३९ औँ मिनेटमा एरिटन प्रेसिएडो र ७१ औँ मिनेटमा गोन्जालो प्लाताले गोल गरेका हुन् ।

भेनेजुएलाका लागि ५१ औँ मिनेटमा एड्सन कास्तिलो र इन्जुर समयको पहिलो अर्थात ९१ औँ मिनेटमा रोनाल्ड हेर्नान्डेजले गोल गरेका हुन् ।

अब नेपाली समय अनुसार बिहीबार बिहान इक्वेडरले पेरुसँग तथा जुन २७ मा भेनेजुएलाले पेरुसँग खेल्ने छ ।