युरोकपः फेरि बराबरीमै रोकियो स्पेन, पोल्याण्डले जोड्यो अंक

- पब्लिक कुरा
- २०७८ असार ६
- 1.7K Shares

युरोकप फुटबल अन्तर्गत लगातार दोस्रो खेलमा स्पेन बराबरीमा रोकिएको छ । समूह उफ अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनलाई पोल्याण्डले १–१ को बराबरीमा रोकेको हो ।
२५ औँ मिनेटमा अल्भारो मोराटाको गोलबाट अग्रता लिए पनि स्पेनले जोगाउन सकेन ।
५४ औँ मिनेटमा पोल्याण्डका लागि रोबर्ट लेवान्डोस्कीले बराबरी गोल गरेका हुन् । पहिलो खेलमा स्लोभाकियासँग २–१ ले पराजित भएको पोल्याण्डले यो खेलबाट पहिलो अंक जोडेको छ ।
यस्तै पहिलो खेलमा स्वीडेनसँग गोलरहित बराबरी खेलेको स्पेनले यो खेलमा पनि जित निकाल्न सकेन ।
दुई खेलमा एकमा जित र एकमा बारबरीसहित चार अंक जोडेर स्वीडेन समूहको शीर्ष स्थानमा छ । तीन अंकसहित स्लोभाकिया दोस्रो स्थानमा छ भने तेस्रो स्थानको स्पेनको दुई अंक भएको छ ।
- भैरहवा सेजप्रति उद्योगी-व्यवसायीले उठाउँदै आएका समस्या समाधान गर्नुपर्नेमा जोड
- तेस्रो चौमासिक सकिँदा लुम्बिनी सरकारको बजेट खर्च सुस्त
- सशस्त्रद्वारा गाडीसहित ३६ लाख बढीको भन्सार छलीको सामान बरामद
- बजाज ग्राण्ड एक्सचेन्ज मेलाः पूराना ल्याउनुस्, नयाँ बाइक चढ्नुस्
- सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा
- कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरी गोली प्रहार
- ‘विकासमा राजनीति नगरौं’
- रविलाई लक्षित गरेर रास्वपाको महाधिवेशन मिति फेरबदल
- नयाँ वर्षमा म्यानमारद्वारा ४ हजार ९ सय बढी कैदीलाई आममाफी
- लुम्बिनीमा मूल्य बृद्धिको अध्ययन गर्दै संसदीय समिति
-
पाँच बुँदे माग राखेर तातोपानी-बेलहिया ४ सय किमी पदयात्रा
२०८१ चैत्र २९
प्रतिकृया दिनुहोस्