कोपा अमेरिकाः चिलेको पहिलो जित, बेनले गरे गोल


कोपा अमेरिका फुटबलमा चिलेले लगातार पहिलो जित दर्ता गरेको छ । नेपाली समय अनुसार शनिबार बिहान भएको समूह ए अन्तर्गतको खेलमा चिलेले बोलिभियालाई १–० ले पराजित गरेको हो ।
चिलेको जितमा १० औँ मिनेटमा बेन ब्रेरिटनले गरेको गोल नै निर्णायक बन्यो । इंग्ल्याण्डमा जन्मिएका २२ वर्षे बेनले गोल गरेका हुन् । उनकी आमा चिलेकी हुन्, सोही कारण उनले त्यहाँको नागरिकता लिएर राष्ट्रिय टिमबाट खेलेका हुन् ।
चिलेले अर्को खेलमा सोमबार युरुग्वेसँग खेल्ने छ । यस्तै बोलिभियाले बिहीबार युरुग्वेसँगै प्रतिस्पर्धा गर्ने छ ।
प्रतियोगिताको पहिलो खेलमा यसअघि चिलेले अर्जेन्टिनासँग १–१ को बराबरी खेलेको थियो ।








प्रतिकृया दिनुहोस्