October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

युरोकप : ब्राजिलको लगातार दोस्रो जित

ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित निकालेको छ।

शुक्रबार बिहान भएको खेलमा पेरुलाई ४–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार दोस्रो जित निकालेको हो।

ब्राजिलका लागि एलेक्स सान्ड्रो, नेइमार, एभर्टन र रिचार्लीसनले एक/एक गोल गरे।

पहिलो खेलमा ब्राजिलले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको थियो।