April 23, 2025, Wednesday
२०८२ बैशाख १०

युरोकप : नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश

नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

बिहीबार राति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स लगातार दोस्रो जितसहित नकआउट चरणमा प्रवेश गरेको हो।

Advertisement

नेदरल्याण्ड्सलाई जित दिलाउन मेम्फिस डिपे र डेञ्जल डम्फ्रिइजले एक एक गोल गरे।

११ औँ मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमार्फत र डेञ्जल डम्फ्रिइजले ६७ औँ मिनेटमा गोल गरेका हुन्।

नेदरल्याण्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टिम हो।

नेदरल्याण्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले हराएको थियो।