October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

युरोकपः विश्व विजेता फ्रान्सको जर्मनीलाई स्तब्ध पार्दै विजयी सुरुवात

विश्व विजेता फ्रान्सले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा गत संस्करणको उपविजेता फ्रान्सले जर्मनीलाई १–० ले पराजित गरेको हो ।

फ्रान्सको जितमा जर्मनीले गरेको आत्मघाती गोल निर्णायक बन्यो । २० औँ मिनेटमा म्याट्स हमल्सले आत्मघाती गोल गरेका हुन् । उनले लुकास हेर्नान्डेजलको क्रसलाई नियन्त्रणमा लिने क्रममा आफ्नै पोष्टमा गोल गरेका हुन् ।

खेलमा उपाधि दबेदारका रुपमा लिइएका दुई मध्ये फ्रान्स केही बलियो देखिए पनि जितका लागि आत्मघाती गोल कै भर पर्नु परेको हो । पउल पोग्बाले प्रहार गरेको बल पोस्ट माथिबाट गयो । केलियन एमबाप्पेको सुन्दर प्रहार जर्मनीका गोलरक्षकले बचाउ गरे ।