March 22, 2025, Saturday
२०८१ चैत्र १०

कोपा अमेरिका प्रतियोगिता अब ब्राजिलमा हुने

अर्जेन्टिनाबाट कोपा अमेरिका आयोजनाको जिम्मेवारी प्रतियोगिता सुरु हुन मात्रै दुई हप्ता बाँकी हुँदा खोसिएको छ ।
अब कोपा अमेरिका २०२१ ब्राजिलमा हुने भएको छ ।

दक्षिण अमेरिकी फुटबल कन्फेडेरेशन (कोन्मेबोल) ले अर्जेन्टिनाको हालको अवस्थाका कारण आयोजकको जिम्मेवारी खोसिएको बताएको छ ।

Advertisement

अर्जेन्टिनामा हाल कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएको छ ।

आउँदो जुन १३ देखि सुरु हुने प्रतियोगिता अब ब्राजिलमा हुने घोषणा सोमबार कोन्मेबोलले गरेको हो । ब्राजिलमा हुने प्रतियोगिताका लागि हालसम्म कुनै पनि रंगशालाको टुंगो लागेको छैन ।

अर्जेन्टिनाले कोलम्बियासँग मिलेर प्रयोगिता गर्ने तयारी थियो । तर कोलम्बियामा प्रदर्शन चर्किँदै गएपछि मे २० मा उसलाई आयोजकको जिम्मेवारीबाट हटाइएको थियो । अहिले अर्जेन्टिनाबाट पनि सो जिम्मेवारी खोसिएको हो ।

अर्जेन्टिनामा प्रतियोगिताको आयोजनालाई लिएर विरोध चर्किँदै गएका बेला कोन्मेबोलले यस्तो निर्णय गरेको हो ।