August 11, 2022, Thursday
२६ श्रावण २०७९, बिहीबार

चेल्सी बन्यो युरोपियन च्याम्पियन

चेल्सी युरोपियन च्याम्पियन बनेको छ । शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० ले पराजित गर्दै चेल्सीले च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको हो ।

Advertisement

पोर्चुगलको पोर्तोमा भएको खेलमा ४२ औँ मिनेटमा काई हाभेर्ट्जले गरेको गोल नै निर्णायक बन्यो । चेल्सीले दोस्रोपटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

थोमस टुकलको टिम चेल्सीले पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीलाई स्तब्ध पारेको हो।

सन् २०१२ मा पहिलोपटक च्याम्पियन्स लिग च्याम्पियन बनेको चेल्सी यो पटक अर्को प्रिमियर लिग क्लबलाई पराजित गरेर विजेता बनेको हो ।

सिटीले भने अझैसम्म युरोपियन च्याम्पियन बन्ने अवसर पाएको छैन । थोमसले चेल्सीको प्रशिक्षकका रुपमा पहिलो उपाधि नै च्याम्पियन्स लिग जितेका हुन् ।